पल्सर स्पोर्टस अवार्ड भदौ अन्तिम साता
काठमाडाैं | साउन ३०, २०८१
काठमाडौं: नेपाली खेलकुदमा वर्षभरि उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी एवम् प्रशिक्षकलाई प्रदान गरिने ‘पल्सर स्पोटर्स अवार्ड’ आगामी भदौमा प्रदान गरिने भएको छ ।
आगामी भदौ २८ गते आयोजना हुने २१औँ संस्करणको उक्त अवार्ड विभिन्न दश विधामा उत्कृष्ट घोषित हुने खेलाडीलाई सम्मान गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
उहाँका अनुसार वर्षको उत्कृष्ट पुरुष खेलाडी, वर्षको उत्कृष्ट महिला, वर्षको उत्कृष्ट युवा, वर्षको उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, टिम अफ दी एयर लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्टस जर्नालिष्ट अवार्ड विधा रहनेछ ।
उक्त अवार्डका लागि आयोजक मञ्च र गोल्छा ग्रुुपबीच मुख्य प्रायोजनसम्बन्धी सम्झौता भएको छ । आयोजक मञ्चका अध्यक्ष सुवेदी र गोल्छा गु्रुपका प्रबन्ध निर्देशक अभिमन्यु गोल्छाले उक्त अवार्डमा मुख्य प्रायोजकका रुपमा रहने विषयमा हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार गोल्छा ग्रुपले वर्ष खेलाडी पुरुष, महिला, युवा, पिपल्स च्वाइस र प्रशिक्षक गरी पाँच विधामा उत्कृष्ट हुने खेलाडीलाई जनही एक थान मोटरसाइकल पुरस्कार प्रदान गरिनेछ ।
त्यसैगरी, अन्य विधा टिम अफ दी एयर, लाइफटाइम अचिभमेन्ट, स्पेसल र पारा एथलिट विधाका विजेताले जनही रु एक लाख पुरस्कार पाउने छन् । अघिल्लो संस्करणको तुलनामा यसपटक पुरस्कार राशिमा शत्प्रतिशत वृद्धि गरिएको मञ्चका अध्यक्ष सुवेदीले बताउनुभयो । उहाँका अनुसार यसअघि उक्त विधाका विजेता खेलाडीलाई जनही रु ५० हजार पुरस्कार प्रदान गरिएको थियो ।
यसपटक मञ्चले अवार्ड कार्यक्रमसँगै एसियाली खेलकुद पत्रकार महासङघ ९एआइपिएस, एसिया० को कङ्ग्रेस पनि नेपालमै आयोजना गर्ने भएको छ । उक्त कङ्ग्रेस आगामी भदौ २५ देखि २८ गतेसम्म हुनेछ । कङ्गे्रसमा एसियाका ३३ देशका खेलकुद पत्रकारको उपस्थिति रहने मञ्चका अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।
अघिल्लो वर्ष पुरुषतर्फ एथ्लेटिक्सका दीपक अधिकारी, महिलातर्फ एथ्लेटिक्सकी राजपुरा पछाई, प्रशिक्षकमा एथ्लेटिक्सका चन्द्रबहादुर गुरुङ, युवामा क्रिकेटका देवकुमार खनाल र पिपल्स च्वाइस अवार्डमा टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठले पल्सर स्पोर्टस अवार्ड जितेकी थिइन ।
त्यसैगरी, स्पेसल अवार्ड फोटोपत्रकार सुदर्शन रञ्जित, पारा एथलिट सम्मान एथ्लेटिक्सकी पारा खेलाडी मैया विशुङ्खे, एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड हङ्कङका खेलपत्रकार चु चान फाइ र लाइफटाइम एचिभमेन्ट अवार्ड भारत्तोलनका ओलम्पियन राजेन्द्रकुमार प्रधानलाई प्रदान गरिएको थियो ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

